राजनीति

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक सुरु


काठमाडौँ – सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने गरी सत्ता गठबन्धन कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ ।

कार्यदलले काम गर्नै नपाएका कारण न्यूनतम साझा कार्यक्रमसहितका कामलाई पूर्णता दिन ढिला भएको कार्यदलका सदस्य एवम् कांग्रेस नेता डा.मिनेन्द्र रिजालले बताएका छन् । सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषद्लई पूर्णता दिनेदेखि सरकारका साझा कार्यक्रम दिन सकेका छैनन् ।

केपी शर्मा ओलीको सरकारको विकल्पमा देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्री बनेको २१ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना सुरु हुन थालेको छ ।