राजनीति

मन्त्री टुंग्याउन बस्ने भनिएको माओवादीको बैठक अचानक स्थगित


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन माओवादीले आज ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

आज बिहानसम्म बस्ने भनिएको बैठक एक्कासि नेताहरुको व्यस्तता स्थगित भएको छ । माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । हिजो बसेको बैठकले नै आजको बैठक तय गरेको थियो । आज पार्टी कार्यालय पेरिशडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने ५ जना मन्त्रीहरुको नाम टुंग्याउने बताईएको थियो ।

माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टी पंक्तीलाई निर्देशन समेत दिईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी हुनुभएको छ ।