राजनीति

एमाले स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सुरु भएको छ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला सुरु भएको हो ।

बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि गएका छन् । एमाले बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित रहेको छ । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो ।