समाचार

कणाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता



काठमाडौँ – कणाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका– ३ रागा मलेखाबाट सुर्खेत जानेक्रममा कर्णालीमा काठको डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका हुन् । डुङ्गामा सवार दुईजना घाइते भएका छन् ।

डुङ्गा पल्टिँदा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको बच्चा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् । यस्तै, दर्घटनामा मोहन्याल गाउँपालिका–३ कै १९ वर्षीया धनसरा सलामी मगर र उनका एक महिनाको छोरा कर्ण सलामी घाइते भएका छन् ।

घाइतेमध्ये आमा धनसराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रतीक विष्टले जानकारी दिए । प्रहरीका अनुसार डुङ्गामा १० जना सवार थिए ।

त्यसमध्ये पाँच जना सकुशल रहेको डीएसपी विष्टले बताए । उनीहरू सुर्खेतको चौकुने गाउँपालिका( ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन गइरहेका थिए ।