राजनीति

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ बेपत्ता


काठमाडौँ – कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा दुर्घटना हुँदा भएको हो ।

डुंगा दुर्घटना हुँदा २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । यस्तै, २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामी र १० दिने बच्चा बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

डुंगामा १० जना सवार रहेकामा दुई बालबालिका घाइते भएका र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

डुंगामा सवार अरु भने पौडिएर जोगिएका छन् ।