राजनीति

भारतसँग गम्भीर आपत्ति जनाउन माओवादी केन्द्रको सरकारसँग माग


काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ ।

माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सँगै भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने उनको ठहर छ ।