विदेश

अमेरिकामा शक्तिशाली साइबर हमला,करिब दुई सय व्यवसाय प्रभावित


काठमाडौँ – अमेरिकामा शक्तिशाली साइबर हमला भएपछि करिब दुई सय व्यवसाय प्रभावित बनेका छन् ।

ह्याकरहरूले फ्लोरिडामा रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएको अमेरिकी साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सले जनाएको छ । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको जाँच भइरहेको जनाएको छ । हन्ट्रेस ल्याबले रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह रिभिलले उक्त आक्रमण गराएको हुनसक्ने आशंका गरेको छ ।