राजनीति

एमाले एकताका लागि दोस्रो तहका नेताबीच अनौपचारिक छलफल



काठमाडौँ – नेकपा एमालेलाई फुटबाट बचाउनका लागि दोस्रो तहका नेताहरु निरन्तर लागिपरेको छन् । यसै एकताको विषयमा छलफल गर्नका लागि आज पनि दोस्रो तहका नेताहरु अनौपचारिक संवादमा जुटेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म संसद् विघटन विरुद्ध दायर मुद्दाबाट हस्ताक्षर फिर्ता नलिए एकता नहुने चेतावनी दिएसँगै दोस्रो तहका नेताहरुबीच ललितपुरको एक होटलमा संवाद भइरहेको छ । अनौपचारिक संवादमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेललगायत छन् सक्रिय छन् भने नेपालका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकण विष्ट, भीम आचार्यलगायतकाले सहभागिता जनाएका छन् ।

शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकलाई शनिबार पनि निरन्तरता दिइएको छ । शनिबार दिउँसो ३ बजेका लागि अध्यक्ष ओलीले बालुवाटारमा बैठक बोलाएका छन् ।तर सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने अनुपस्थित छन् ।