अर्थनीति

प्रविधिको सदुपयोग, मोबाइल एपबाटै खरिद हुन थाले बाख्रा

कृषि पथ मोबाइल एप सञ्चालनमा आएपछि बाँकेको जननी समाजिक उद्यमी महिला सहकारी सस्थाले यो आर्थिक वर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्रि गरेको छ ।


काठमाडौँ – व्यपारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्री गर्न नसक्दा हरु घाटा व्यहोर्न बाध्य थिए । तर कृषि पथ मोबाइल एप सञ्चालनमा आएपछि बाँकेको जननी समाजिक उद्यमी महिला सहकारी सस्थाले यो आर्थिक वर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्रि गरेको छ ।

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकाको अधिकांश क्षेत्रमा वन जंगल छ । घर छेउ वरिपरि जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ का किसानहरु बाख्रा पालन तर्फ आकर्षित भएका छन् । बाख्रा पालनका लागि गाँउमै रहेको जननी समाजिक उद्यमी महिला सहकारी संस्थाले बिक्रि तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउदै आइरहेको छ । सहकारीका सबै सदस्यहरुले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् ।

पहिला किसानहरुले सहकारीलाई र सहरकारीले व्यापारीलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र बिक्रि हुन धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्न परेको थियो । तर नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले गएको वर्ष देखि केयर कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरुलाई पनि सहज भएको छ । कम समयमा बिक्री हुने र बिचौलियाहरु पस्न नपाउने भएपछि संस्थाले एपको माध्यमबाट १ करोड बराबरको बाख्रा बिक्रि गरेको हो ।

गाँउका मानिसहरुले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गरेकी छिन् । गाँउको सहकारीले बाख्रा पालनमा सहयोग गर्ने भएपछि अहिले उनी आधुनिक तरिकाको बाख्रा र खोर निर्माणमा लगानी गरेको बताउँछिन् ।

राप्ती सोनारीका धेरै सहकारी संस्थाहरुले कृषकहरुसँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरुले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, कुखुुरा लगातका उपजहरु खरिद बिक्रि तथा वितरण गरिरहेका छन् । यसरी किसानहरुले उत्पादित बस्तु सजिलै बिक्रि वितरण गर्नका लागि नेपाल घरेलु तथा साना उद्योग महसघंले सञ्चालन गरेको कृषि पथ मोबाइल एपलाई स्थानीय सरकारले पनि प्रयोग गरेर प्रभावकारी बनाइ दिए किसानहरुले विचौलियाबाट सधैंको लागि छुटकारा पाउने थिए ।