विदेश

२० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तानको बग्राम शहर छोड्यो


काठमाडौँ – अमेरिकी सेनाले अफगानिस्तानको बग्राम शहर छाडेको छ । २० वर्षपछि अमेरिकी र नेटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम एयरबेस छोडेको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका हुन् । अफगान राष्ट्रिय सुरक्षा बललाई सो क्षेत्र सुम्पिएको बताइएको छ ।

आगामी सेप्टेम्बर ११ सम्म अमेरिकी सेना फिर्ता गरिसक्ने योजना अन्तर्गत सेनाले उक्त क्षेत्र छाडेको हो । यसले अफगानिस्तानबाट विदेशी सेनाको पूर्ण बहिर्गमन टाढा छैन भनेर बुझ्न सकिने अधिकारीहरुले जनाएका छन् ।