राजनीति

कांग्रेस पदाधिकारी बैठक सुरू


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि मात्र सुरू भएको छ । बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बेग्लाबेग्लै छलफल गरेका थिए । पदाधिकारी र पूर्वपदाधिकारीहरू महाधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

१४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको छ । क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न आज बैठक बसेको हो । कांग्रेसमा करिब ५ हजार क्रियाशील सदस्यताबारे विवाद छ ।