राजनीति

माधव नेपालले गल्ती गरेका हुन् : उपाध्यक्ष गौतम


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर पार्टी नेता माधव नेपालले गल्ती गरेको बताएका छन् ।


दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर शुक्रबार आज केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफू नेपालको ठाँउमा भएको भए पहिले पार्टीबाट राजीनामा दिएर मात्र विपक्षीलाई प्रधानमन्त्री बनाएन हस्तक्षर गर्ने पनि बताए । “माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो,” उपाध्यक्ष गौतमले केन्द्रीय कमिटी बैठकमा भने, “माधवलाई जसरी पनि पार्टीमा ल्याउँनु पर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनु पर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।”

गौतमले पहिला केन्द्रीय कमिटीका सदस्यहरु बसेर छलफल गर्न आग्रह गर्दै भने, “शीर निहुरिन्छ कि भनेर हुँदैन । माधव नेपाललाई पार्टीमा ल्याउन प्रयत्न गर्नुस् ।”