देश

परम्परागत ज्ञानलाई आधुनिकीकरण गर्नु पर्नेमा योजना आयोग सदस्य गिरीको जोड


काठमाडौँ – नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताउनुभएको छ ।

आज राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा सपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिदैँ सदस्य गिरीले नेपालमा प्रशस्त स्रोत र साधन भएको बताउनुभयो । स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्ने तर्क उहाँको थियो । उहाँले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गरी देशलाई विकासको बाटोमा अगाडी बढाउन आफ्नो ध्यान केन्द्रीत रहने बताउनुभयो ।

सदस्य गिरीले आफ्नो विज्ञता, योग्यता र अनुभवहरु राज्यको विकासका योजना बनाउने कामका लागि महत्वपुर्ण हुने वश्वास व्यक्त गर्नुभयो ।