राजनीति

माधव पक्षको स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक सुरु भएको छ ।

भोलि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने/नहुने निर्क्यौल गर्न माधव पक्षधरका नेता हिजोदेखि छलफलमा जुटेका छन् । विशेषगरी जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने भन्दै नेपाल पक्षमा भोलिको बैठकमा जान नहुने मत धेरैको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेता नेपालसहित भीम रावल भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी छन् ।

केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरू हिजोदेखि छलफलमा जुटेका छन् । वार्तामा सहभागी नेताहरुमार्फत भोलिको बैठक पर सार्न माधव नेपाल पक्षको आग्रह छ ।