देश

महाकाली घटनाको छानविन गर्न ३ सुरक्षा निकायका अधिकारी घटनास्थलमा, एसएसबीको कुनै संलग्नता नरहेको भारतीय पक्षको दाबी


काठमाडौँ – तुइनबाट महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटना छानविन गर्न ३ वटा सुरक्षा निकायका अधिकारी घटनास्थलमा गएका छन् । सत्यतथ्य बुझ्न घटनास्थलमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सो घटनाको सम्बन्धमा सत्यतथ्य जानकारी गराई, आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनि भारतीय पक्षलाई पत्राचार गरेको थियो । तर यस घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । ३३ का जयसिंह धामीको अवस्था अझै अज्ञात छ ।