राजनीति

होटेलमा खोप भेटिएको विषयमा छानबिन सुरु, दोषीलाई कारबाही गर्ने



काठमाडौँ – होटेलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालयले झापाले छानबिन थालेको छ । बिर्तामोड नगरपालिकाले प्रकरणमा दोषी देखिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले शनिबार विज्ञप्ति प्रकासित गरी घटनामा संलग्नलाई कारबाही गरिने जनाउनुभएको हो । शुक्रबार अपराह्न ४ बे स्वास्थ्य कार्यालयबाट बिर्तामोडका लागि पठाइएको कोरोनाविरुद्धको १०३ भाइल भेरोसेल खोप बिर्तामोड नगरपालिकाका फोकलपर्सन ओमबहादुर खड्कासहित होटेल टाइमलेसमा फेला परेको थियो ।

खोप होटेलमा किन बुझ्नेरबुझाउने कार्य भएको भन्ने सम्बन्धमा छानबिनका लागि झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । सात दिनभित्र समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने बताइएको छ । छानबिन नटुंगिएसम्मका लागि खड्कालाई पदबाट निलम्बन गरिएको छ ।