राजनीति

नेपालसहित चार राष्ट्र सुख–दुःखका साथी रहेको मोदीको भनाई


काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सहितका चार राष्ट्रको नाम लिएर सुख–दुःखको साथी भएको बताउएका छन् । मोदीले नेपाल, भूटान, माल्दिभ्स र मोरिससको नाम लिएर यी देश छिमेकी मुलुकमात्र नभई आफूहरूको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको बताएका हुन् ।

शनिबार एक ट्विट गर्दै मोदीले छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘हामी सुख–दुःखका साथी हौँ ।’