राजनीति

ओलीले अध्यक्ष पद छोडेपछि मात्रै पार्टी एकता हुन्छ : रामकुमारी झाँक्री


काठमाडौँ – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत् भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष ओली अध्यक्ष पदबाट बहिर्गमन नभएसम्म पार्टी एकता नहुने जिकिर गरिन् ।

नेकपा एमालेलाई आज यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिरिए मात्रै पार्टी एकता हुने बताएकी हुन् । प्रतिगमनकारीसँग शीरमा राखेर त्यहीँ पार्टीमा बस्न नसक्ने पनि उनले बताएकी छन् । एमालेभित्र संसद् विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् । ‘यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन’ । यदि प्रतिगमनकारी हो भने त्यहीँ पार्टीलाई शीरमा राखेर बस्न सक्छौँ कि सक्दैनौँ ? प्रतिगमन होइन भने प्रतिगमन हो भनेर हामी संसद्मा विद्रोह गरेर अदालतसम्म पुग्नेहरु त्यो पार्टीको सदस्य हुन्छन् कि हुँदैनन् ?,’ उनको प्रश्न छ ।

आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिष्ट आन्दोलनको विर्सजन कसले ग¥यो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् । त्यसैले यी सबै प्रश्नको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने उनले बताइन् ।