राजनीति

सरकारले कोरोनाको खोप उपलब्ध गराउन सबै शक्ति परिचालन गरेको छ : विमलेन्द्र निधि


काठमाडौँ – कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नु भएको छ ।

उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताउनु भएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढि प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो ।

उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गर्नु भयो ।