राजनीति

विवादित सदस्यताबारे मापदण्ड बनाएर निर्णय लिन काँग्रेस शीर्ष नेताहरु सहमत

महाधिवेशनको मिति नसार्न नेतृत्वलाई दवाव


काठमाडौँ – नेपाली काँग्रेसका शीर्ष नेताहरु विवादित क्रियाशील सदस्यता विवाद नयाँ मापदण्ड बनाएर समाधान गर्न सहमत भएका छन् । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकमा विवादित विषय टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति जुटेको हो ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी बैठकले नयाँ मापदण्डको खाका तयार पारेको बताइन्छ ।