राजनीति

वरिष्ठ नेता नेपाल र उपमहासचिव पौडेलबीच कोटेश्वरमा वार्ता जारी


काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगी उनीसँग भेट गरेका छन् । अहिले दुई नेताबीच वार्ता चलिरहेको छ ।


अध्यक्ष केपी शर्मा ओली निकट पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ । यसअघि बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटे गरेका थिए ।

गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन ।