राजनीति

पूर्वमाओवादीले दायर गरेको रिटको सुनुवाई स्थगित


काठमाडौँ – पूर्वमाओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज स्थगित भएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै सांसदका रुपमा कायम रहन माग दावीसहित रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।