राजनीति

बृहत् राजनीतिक ध्रुवीकरणमा नेपाल प्रवेश गर्दैछ , यसले राजनीतिक उथलपुथल ल्याउने संकेत गरेको छ (भिडियोसहित)


काठमाडौँ – नेपाल वृहत् राजनीतिक ध्रुवीकरणमा प्रवेश गर्ने लागेको नेकपा मालेका महासचिव सीपी मैनालीले बताउनु भएको छ । नेपालको अहिलको राजनीतिमा इण्डोवेस्ट हावी रहेको पनि मैनालीको बुझाई रहेको छ ।


उनका अनुसार दिल्लीमा भएको १२ बुँदे सहमतिका पक्षधर पार्टीहरु नै अहिले वैचारिक भएको छ । माओवादी, कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी वा मधेश केन्द्रीत दल नै इण्डोवेस्टका अनुगामी भएको भनाई मैनालीको छ । इण्डोवेस्ट भन्नाले केही भारत केही अमेरिका र धेरै युरोप बुझ्नु पर्ने उहाँ बताउनु हुन्छ ।


नेपाली वामपन्थी आन्दोलनको अगुवा सीपी मैनाली विगत ५०–५१ वर्षदेखि नै नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय राजनीतिका धेरै घटनाक्रमको उतारचढावको भुक्तभोगी वा चस्मदित गवा रहनुभएको मैनाली आजको योहो बहसको अतिथिको रुपमा आउनु भएको छ । आफ्नो नेपाली राजनीतिको लामो यात्रामा भोग्नु भएको अनुभव र वामपन्थीहरुमा अहिले भईरहेको मनमोटावको विषयमा रहेर आजको अंकमा बोल्नुभएको छ । साथै नेपाली समाजको सकारात्मक परिवर्तनको अगुवा गर्ने मार्गमा नेकपमा माले रहेको पनि बताउनु भयो । थप जानकारीका लागि पूरा अन्तर्वाता हेर्नुहोस् ।