राजनीति

जसपाको आधिकारिकताबारे आज अदालतमा सुनुवाई हुँदै


काठमाडौँ – सर्वोच्च अदालतमा आज जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे सुनुवाइ हुँदै छ । यसका लागि अदालतले विवादित दुवै पक्षलाई बोलाएको छ ।


निर्वाचन आयोगले पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमबार दुवै पक्षलाई सशरीर उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्त ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।

निर्वाचन आयोगले जसपा विवादमा निर्णय गरिसकेको छ । आयोगले उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ ।