काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिट्टै पार्टीको विवादको छिनोफानो लगाउन निर्देशन दिएका छन् ।
विघटित कार्यदलका आफू पक्षीय नेतालाई ओलीले यस्तो विवादमा धेरै समय अलमलिन नहुनेसमेत बताएका हुन् ।
पार्टी एकता लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनलाई स्वीकारेका छैनन् । कार्यदलले काम सकेकाले यसमा रहेका नेताहरूलाई धन्यवाद दिँदै एमाले केन्द्रीय कमिटीले कार्यदल विघटन गरिसकेको छ । उक्त बैठकमा नेपाल पक्षीय नेताहरूको भने सहभागी थिएनन् ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्ण रिमाल, शंकर पोखरेल र प्रदीप ज्ञवाली थिए ।
प्रतिक्रिया