राजनीति

सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति, आजै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी


काठमााडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले वरिष्ठ नेता माधव नेपाल समूहको सहभागिता विना मन्त्रिपरिषदलाई पूर्णता दिने हुनुभएको छ । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विना मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जुटेको छ ।

पार्टी एकताको प्रयास भैरहेको भन्दै माधव नेपालले तत्काल सरकारमा सहभागि हुन नसक्ने बताएपछि उनकै सहमतिमा मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ । नेपाल पक्ष सहभागी नहुने भएपछि काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र र जसपा सात सात मन्त्रालय पाउने भएका छन् । तीन दलले आजै मन्त्रीको टुंगो लगाएर मन्त्रिपरिषद्लाई भोलिसम्म पूर्णता दिने तयारी गरेका छन् ।