काठमाडौँ – अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन भारत भ्रमणमा रहेका बेला तालिबान नेता मुल्ला बरादर चीनको भ्रमणमा रहेका छन् । ब्लिंकेनले अफगानिस्तानको सुरक्षा, क्षेत्रीय स्थिरता तथा विकासलाई लिएर भारतीय समकक्षीसँग वार्ता गरेका बेला तालिबान नेता मुल्ला बरादरले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका हुन् ।
हाल अफगानिस्तानमा चीनले कुनै पनि प्रकारको लगानी गरेको छैन । तर, भविष्यमा हुन सक्ने लगानी वा चीनको भूमिकालाई भेटले संकेत गरेको अधिकारीहरूले बताएका छन् । अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाँदै गर्दा चीनका नेतासँग तालिबान नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनका विदेश मन्त्री वाङ यीले तालिबानलाई अफगानिस्तानको प्रमुख सैन्य तथा राजनीतिक शक्ति भनेका छन् ।
प्रतिक्रिया