देश

आज विश्व बाघ दिवस


काठमाडौँ – आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने नाराका साथ मनाइँदैछ । बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ ।

नेपालमा पछिल्ला वर्ष बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरेको छ । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ मा त्यो संख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको सरोकारवाला निकायहरूले जनाएका छन् । सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएको थियो ।