समाचार

निषेधाज्ञा खुकुलो भएसँगै पेट्रोलियम पदार्थ आयातमा दोब्बरले वृद्धि


काठमाडौँ – निषेधाज्ञा खुकुलो भएरसँगै राजधानीमा सवारी साधनको चाप बढ्ने क्रम जारी छ । सवारी साधनको चाप बढेसँगै पेट्रोलियम पदार्थको आयातमा दोब्बरले भन्दा बढी वृद्धि आएको छ ।


एक महिना अघि दैनिक बरौनीबाट ३३ वटा ट्यांकर पेट्रोल लिएर वीरगन्ज नाका आउनेमा अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ट्यांकरहरु आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि कडा निषेधाज्ञा जारी रहँदा पेट्रोलियम पदार्थको खपत घटेको थियो ।


यसअघि पहिले साढे ६ सय केएल दैनिक रूपमा वीरगन्जबाट भित्रिन्थ्यो भने अहिले दैनिक १४ सय केएल पेट्रोल आइरहेको छ । दुई वर्षअघि निर्माण गरिएको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट डिजेल मात्र आइरहेको छ ।