समाचार

विजय शाहीको मृत्युको खबर के हो ? प्रहरीको जवाफ यस्तो छ


काठमाडौँ– आफूलाई मेमोरी किङको दावी गर्दै आएका विजय शाहीको मृत्यु भएको भन्दै एउटा तस्वीर अहिले एकाएक भाइरल भएको छ ।

विजय शाहीको शरीरमा सेतो कपडा र पिताम्बरले ओडाइएको, नाकमा कपास राखीएको तस्वीर साँझपख एकाएक सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै धेरैले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् भने धेरैले यसलाई पत्याउन सकेका छैनन् । यसबारे बुझ्दा महानगरीय प्रहरी परिसर काठमाडौँले सुचनाको सत्यताबारे खोजी भइरहेको जनाएको छ । परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुचना आएपछि आफूहरुले खोजी गरिरहेको तर कतैबाट पनि उनको मृत्युबारे पुष्टि नभएको बताउनुभएको छ ।

उहाँले भन्नु भयो, ‘शाहीको मृत्युको खबर आएपछि हामी सवैतर्फ सोधीरहेका छौँ तर उनको अवस्थाबारे थाहपाउन सकिएको छैन । हामी बुझदै छौँ ।’