राजनीति

मन्त्री छान्न माओवादी केन्द्रको आकस्मिक बैठक


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ ।