राजनीति

पूर्वसभामुख महरालाई उच्च अदालतले दियो सफाइ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । संसद सचिवालयकै एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा चलेको मुद्दामा उच्च अदालतले पनि महरालाई सफाइ दिएको हो।

उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माका अनुसार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतकै निर्णयलाई सदर गरेको हो । उच्च अदालतले मंगलबार मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको हो ।