राजनीति

कांग्रेसमा क्रियाशील सदस्यको संख्या आठ लाख ५० हजार पुग्यो



काठमाडौँ–नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ । प्रतिवेदन अनुसार क्रियाशील सदस्यको संख्या आठ लाख ५० हजार भन्दा बढी पुगेको छ ।


कांग्रेसमा नयाँ सदस्यता लिनेको संख्या चार लाख ४३ हजार ६७८ छ । यस्तै चार लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण गरिएको छ । जसमा पुरुषहरूको संख्या ६ लाख ५३ हजार चार सय ३८ छ भने एक लाख ९९ हजार ९७ जना महिला छन्। १७६ जना अन्य रहेका छन् ।
कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४ जना सदस्य रहेका छन् ।

यसरी हेर्दा कांग्रेसमा युवा क्रियाशील सदस्यहरुको संख्या दुई लाख ९० हजार २०१ पुगेको छ । ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २४३, ७१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ भन्दा माथि उमेर समूहका ११ हजार ७८२ क्रियाशील सदस्यता संख्या पुगेको छ ।


त्यस्तै, समावेशी समूह अन्तर्गत अल्पसंख्यक ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५, अपांगता भएका २०१, पिछडिएको क्षेत्रका १४ हजार ९१४, आदिबासी जनजाति दुई लाख ८ हजार १५९, खस आर्य तीन लाख ६७ हजार ६११ र दलित ४५ हजार ४१७ रहेका छन् ।