समाचार

भारतमा फेरी बढ्दै कोरोना संक्रमण


काठमाडौँ – छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप २९ हजार ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३२ दिनपछि पहिलो पटक यति थोरै संख्यामा संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घन्टामा थप ४१५ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ४ लाख २१ हजार ३८२ पुगेको छ ।

यसैगरी यही अवधिमा ४२ हजार ३६३ जना संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमणमुक्त हुनेको संख्या ३ करोड ६ लाख २१ हजार ४६९ रहेको छ । अहिले पनि भारतमा करिब ४ लाख सक्रिय संक्रमित रहेका छन् ।भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।

भारतले पछिल्लो समय कोरोना भाइरसविरुद्धको भ्याक्सिनेसन कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाइरहेको छ । भारतमा अहिलेसम्म ४४ करोड १९ लाख १२ हजार ३९५ डोज भ्याक्सिन लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।