राजनीति

एमाले कुनै पनि हालतमा विभाजन हुँदैन : रघुवीर महासेठ


काठमाडौँ – नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेता महासेठले अहिलेको नयाँ कुरो भनेकै नेकपा एमाले विभाजन नहुने बताउनुभएको हो । नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरुले नेताहरुलाई चौतर्फी पार्टी जोगाउन दबाव दिइरहेको बताउँदै नेता महासेठले यसलाई आत्मसाथ गरेर शीर्ष नेताहरु छलफलमा जुटिरहेको बताउनुभयो ।

उहाँले अहिलेको सरकार फरक– फरक विचारधारा बोकेर आएको गठबन्धन भएकोले लामो समयसम्म टिकिरहन नसक्ने बताउनुभयो । नेता महासेठले सर्वोच्च अदालतको फैसलामा नेकपा एमाले र आफ्नो व्यक्तिगत कुनै कमेन्ट नरहेको बताउनुभयो । पार्टी एकताको लागि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल आन्तरिक छलफलमा रहेको नेता महासेठको भनाइ छ ।