राजनीति

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, अब के गर्लान ठाकुर–महतो समुह ? (भिडियोसहित)


काठमाडौँ – निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टी (जसपा)मा कार्यकारिणी समितिका ५१ जनाको हस्ताक्षर सनाखत गरेसंगै जसपाको आधिकारिताको विवाद अन्त्य भएको छ । आयोगले ’हेड काउन्ट’का लगि कार्यकारिणी समिति सदस्यहरुलाई कार्यालयमा बोलाएकोमा ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरेपछि उनी नेतृत्वको जसपाले आधिकारिता पाएको हो ।

जनता समाजवादी पार्टीमा लामो समयदेखि जारी आधिकारिता विवादको निरुपण भएको छ । कसको पक्षमा बहुमत छ भनेर जाँच्न सोमबार आयोगले जसपाको कार्यकारिणी समितिका ५१ जनालाई हस्ताक्षर सनाखत गर्न बोलाएको थियो । तीमध्ये उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा ३४ जनाले र अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । कार्यकारिणी सदस्यको हस्ताक्षर सनाखतपछि यादव र भट्टराई पक्षका नाममा पार्टी आएको छ । यसअघि ठाकुर र महतोको पक्षमा रहेका राजकिशोर यादव र मनिष सुमन पनि यादवको पक्षमा हस्ताक्षर गरेका थिए । उ

नीहरूमध्ये राजकिशोर केपी शर्मा ओलीको मन्त्रिपरिषदमा मन्त्री थिए । यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका छन् । टीकापुर हत्याकाण्ड प्रकरणमा दोषी ठहर भइ जेल सजाय भोगीरहेका उनलाई हस्ताक्षर सनाखतका लागि आयोगको कार्यालयमै ल्याईएको थियो । यसअघि दुबै पक्षले आफ्नो पक्षमा रेशम चौधरी रहेको बताउँदै आएकामा उनले आफू कसैको पक्षमा हस्ताक्षर नगरी तटस्थ बस्ने निर्णय गरेका थिए ।

यद्यपी यादव पक्षिय नेताहरुले भने आधिकारिता आफूहरुमा आएकोले चौधरीले जसपाको कार्यकर्ता रहेको बताउनुनै आफ्नो पक्षमा रहनु भएको बताएका छन् । तर ठाकुर–महतो पक्षका नेताहरुले भने यादव पक्षले पार्टी फुटाएको आरोप लगाएको छ । यादवले पार्टी आधिकारिताका लागि आयोगमा निवेदन दिएका कारण आफूहरुले लिखित जवाफ मात्र दिएको उनीहरुको भनाई छ । आफूहरुको त्यस्तो अपेक्षा नरहेपनि यादवका कारण जसपा फुटेको र त्यसको मुल्याकंन मदेसी जनताले गर्ने ठाकुर–महतो पक्षीय नेताहरुले बताएका छन् । हिजो आफ्नो पक्षमा रहेका सांसदहरु समेत मन्त्रीका लागि यादप पक्षमा लागेकोले सो पक्षमा बहुमत पुगेको आरोप समेत उनीहरुको छ ।

यता यादव पक्ष भने पार्टी अझै नफुटेको बताउछन । केहि नेताहरुले भने सत्ता स्वार्थका लागि आफ्नो बाटो रोजेको उनीहरुको तर्क छ । प्रतिगमनलाई साथ दिएका कारण ठाकुर–महतो पक्षलाई जनतासंग माफि माग्न भने पनि उनीहरुले विधि र प्रक्रियामै जाने अडान लिएपछि यो अवस्था आएको उनीहरुको भनाई छ ।

यसअघि पनि दुबै समूहबीच फुट्नु भन्दा अर्को पक्षलाई दबाब दिएर हटाउने अनि पार्टी, झण्डा र चुनाव चिन्ह आफ्नो पकडमा लिने रणनीतिमा देखिएका थिए । तर आधिकारिताको विषय आयोगमै पुगेपछि भने वारपार कै स्थिती आएको हो । यद्यपी ठाकुर–महतो पक्षका केहि नेताहरुले आयोगले पार्टी फुटाएको आरोप समेत लगाएका छन । तर यादव पक्ष भने आधिकारितासंगै आफ्ना पूर्ववत निर्णणहरु पनि स्वत कार्यान्वयन हुने बताँउदै आएको छ । अर्थात यसअघि पार्टी बाटै हटाईएका ठाकुर–महतो सहितका नेता रहित जसपा निर्माणलाई अघि बढाउने यादव पक्षको तयारी छ ।