खेलकुद

अल्मुताइरीको राजीनामा फिर्ताको माग गर्दै हेटौंडामा विरोध प्रदर्शन


काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा फिर्ता गर्न माग गर्दै हेटौंडामा विरोध प्रदर्शन भएको छ । मकवानपुरका फुटबल क्लवहरूले संयुक्त रुपमा अल्मुताइरीको राजीनामा फिर्ता हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अल्मुताइरीलाई मानसिक दबाब दिएर राजीनामा दिन बाध्य पारेको भन्दै मानसिक दबाबमुक्त पारेर राजीनामा फिर्ता हुनुपर्ने माग गरेका छन् ।

सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने, ए डिभिजन लिग तोकिएकै समयमा हुनुपर्ने, फुटबलमा भएको राजनीति रोक्नुपर्ने र अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले राजीनामा दिनुपर्ने भन्दै उनीहरूले नारा लगाएका थिए ।

अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण राजीनामा दिन लागेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । हालसम्म उनले आधिकारिक रुपमा राजीनामा भने दिएका छैनन् ।