राजनीति

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । सभापति देउवाले निजी निवास बूढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो ।

मंगलबार बिहान ९ बजे बूढानिलकण्ठमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठक १४ औं महाधिवेशन तयारीबारे केन्द्रित रहनेछ । कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन ।