राजनीति

राजेन्द्र महतोले भने- देउवा र ओली हाम्रा लागि प्रतिगमनकारी हुन्


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोले प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफूहरूका लागि दुबै जना प्रतिगमनकारी भएको बताउनुभएको छ । सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दुबैले प्रतिगमनकारी संविधान निर्माण गरेको बताउनुभयो ।

महतोले भन्नुभयो, देउवा र ओली हाम्रा लागि प्रतिगमनकारी हुन् । प्रतिगमनकारी संविधान बनाएका हुन् नि,’। आज निर्वाचन आयोगले जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई आयोगमा हस्ताक्षर सनाखत गर्न बोलाएको थियो ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।