राजनीति

न्यायालय संग न्याय माग्दै रेशम चौधरीले भने- म तटस्थ बस्छु


काठमाडौँ – डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । उनलाई सोमबार दिउँसो कडा सुरक्षाकाबीच निर्वाचन आयोग पुर्‍याइएको हो ।

यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो । आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो । आयोग पुगेर चौधरीले आफू कुनै पक्षमा नलागि आफू जसपाको कार्यकर्ता भएकाले तटस्थ बस्ने निर्णय गरेका छन् ।

उनी निर्वाचन आयोग पुग्दा दुबै पक्षका नेता उनलाई स्वागत गर्न लाइन लागेका थिए । उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।