राजनीति

तीन वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको तयारी

योहो संवाददाता


काठमाडौँ – सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।

प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो।

आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने छ । केपी ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाएर उनीहरुको ठाउँमा कसलाई नियुक्ती गरिँदैछ भन्ने खुलेको छैन।

यसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेको थियो।