राजनीति

हालसम्म यादवको पक्षमा ३३ मत, जसपा यादवको हुने पक्का


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का ३३ जना कार्यकारिणी सदस्यले निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् ।

आयोग पुगेर आज ५१ मध्ये ३३ जना कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेका हुन्। यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन र राजकिशोर यादवले पनि यादव पक्षमा हस्ताक्षर गरेका छन् ।

५१ मध्ये ३३ ले यादव पक्षमा हस्ताक्षर गरेपछि आधिकारिक रुपमा जसपा यादवको हुने निश्चित भएको छ । अन्य सदस्य पनि धमाधम निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्दैछन्

। जसपामा यादव र ठाकुरबीच पार्टीको आधिकारिकताबारे विवाद देखिएपछि आधिकारिकताका लागि दुवै पक्ष आयोग पुगेको थियो । आयोगले कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ पछि निर्णय गर्ने बताएपछि कार्यकारिणी सदस्यहरुलाइ नागिरकतासिहत आयोग बोलाएको हो ।

रेशम चौधरीलाई पनि कागारबाट हस्ताक्षरका लागि आयोग नै ल्याउने तयारी भएको ठाकुरनिकट नेता सुरेन्द्र झाले जानकारी दिनुभयो ।