राजनीति

गठबन्धन र देउवामा देखिएकायी सकारात्मकता : क्षणिककि स्थायी ? (भिडियोसहित)


काठमाडौँ – नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा केही फरक दृश्य देखियो ।

दुई जनापूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री (यादव र केसी) सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेपछि त्यसलाई विशेष महत्वका साथ हेरिएको छ । गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको अडकलका बीच के देउवामा परिवर्तन आएको हो भन्ने चर्चा सुरु भएको छ ।

राम्रो कामगर्लान भन्ने भन्दापनि नराम्रो काम नगरिदिए हुन्थ्यो भन्ने आमजन अपेक्षाकाबीच प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पछिल्लो समय केहि फरक अभ्यास गरिरहेका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढगठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्ड, एमाले वरिष्ठ नेतामाधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा केही फरक दृश्य देखियो ।

दुई जनापूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री (यादव र केसी) सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवाचार नेता सरह सोफामा बसेको देखिन्छ । बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन छन् । यसअघि कसैको कुरा नसुन्ने तथा आफ्नो अडानमा दृढ रहेने देउवामा यस्तो परिवर्तन किन त ?

त्यस अघि गठबन्धनमा सामेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत देउवाको सम्मानमा आफ्नो निवासको कुर्सीको ‘लोकेसन’ परिवर्तन गरेका गरेकाथिए । साउन ५ गते प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनागर्न प्रधानमन्त्री देउवा खुमलटार स्थित प्रचण्ड निवास पुगेका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड आमनेसामने हुने गरी सोफाको व्यवस्थाप नगरिएको थियो ।

प्रतिपक्षी दलका नेताहरु पनि सबैलाई संगै राखेर सरकार चलाउने देउवाको प्रयासलाई नकारात्मक भन्न नसकिने बताउछन । तर उच्च स्तरीय राजनितिक संयन्त्रब नाएर सरकार चलाउने प्रचण्डले घोषणा गरेपनि देश कसरी चल्छ भन्ने सन्देश अझै दिन नसकेको उनीहरुको भनाई छ । बसाईको कुरा भन्दा देश कसरी चल्छ भन्ने दृष्टिकोण र व्यवस्थाप नदेखाउनु पर्ने उनीहरुको तर्क छ । तर ओलीसंग यो विषयदाजेर हेर्न नमिल्ने उनीहरु बताउछन । कस्को कुर्सी कहाँ र ओलीलाई किन विशेष कुर्सी भनेर लामो समय बहस र विवाद चलिरहे पनि त्यो प्रधानमन्त्रीको स्वास्थ्यको कारणवाध्यताभएको उनीहरुको दाबी छ ।

गठबन्धन सरकारका केहि कार्यहरु प्रशंशा योग्य छन । देउवा पनि अबछवी सुधार्नपर्छ भन्ने रुपमा अघिबढेको देखिएको छ । खोप केन्द्रमै गएर आम नागरिक सरह लाईनमा बस्ने,आसन व्यवस्थापनका कुरा तथा अहिले सबै भन्दा बढि महत्वपूर्ण मानिएको स्वास्थ्य मन्त्रालयको आफैले नेतृत्वगर्नुले उनको कदम सकारत्मकता तर्फ उन्मुख नै देखिन्छ । तर विगतमा राम्रो छवी नभएका देउवालाई यतिकै भरमा भने आमजन मानसले चोख्याउने छैनन् ।

किनकि धेरै राम्रा कामका बीचमा पनि अंहकारका कारण ओली आलोचित बनेकै उदाहरणछदै छ । त्यसमा देउवाले सरकार टिकाउनमा क्षणिक रुपमा आफ्नो स्वरुप परिवर्तन गरेका त हैनन भन्ने आशंका पनि छन् । यसर्थ ओली खराब भएकै कारण आफू सत्तामा आईपुगेको प्रमाणितगर्न उनी र उनी सहितको गठबन्धनले अझ धेरै कामगर्न जरुरी छ ।