राजनीति

यातायात व्यवसायीले बुझायोे सरकारलाई चाबी


काठमाडौँ – आन्दोलनरत यातायात व्यवसायीहरुले आफ्नो सवारीको चाबी सरकारलाई बुझाएका छन् । आज काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीमार्फत चाबी सरकारलाई बुझाइएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले बताउनुभयो ।


गत बिहिबार उनीहरुले माग पुरा नभएकाले चक्रपथमा सवारीको र्याली निकालेर विरोध गरेका थिए । व्यवसायीहरुले एउटै प्रदेश भित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने, यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।