राजनीति

प्रधानमन्त्री र गृहमन्त्रीलाई कांग्रेस प्रवक्ताको ध्यानकर्षण : निर्मलाको हत्यार छिटो पत्ता लगाउनुस्


काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको आईतबार तीन वर्ष पुगेको छ । त्यसकालो दिनलाई सम्झिँदै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पन्तका हत्यारा पत्ता लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्‍जाल ट्‍वीटरमा प्रवक्ता शर्माले सत्ताको नेतृत्व गरिरहेको आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री देउवा र पार्टी नेता गृहमन्त्री खाणको ध्यानाकरषण गराएका हुन् । शर्माले ट्‍वीटरमा लेखेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो । सम्माननीय र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’

प्रवक्ता शर्माले बालिका र महिलामाथि हुने बलत्कार र हत्या नियन्त्रण गर्न बारे राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी रहेको ट्‍वीटरमा उल्लेख गरेका छन् ।