राजनीति

प्रचण्डलाई भीम रावलको जवाफ ‘म ढलेको होइन, एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ’


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

शनिबार बिहान माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले ‘भीम रावल नपत्याउदो ढंगले ढलेको’ भनेका थिए । त्यसको जवाफमा रावलले शनिबार राति विज्ञप्ति जारी गर्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेरबहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको बताएका छन् । उनले भनेका छन् ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा ९एमाले०लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’। प्रचण्डको टिप्पणीलाई रावलले ‘हास्यास्पद र मनगढन्त’ भनेर भनेका छन् । साथै, उनले ‘गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको थियो’ भनेका छन् ।