राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेट भएको हो।

प्रचण्ड आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारका प्राथमिकताका विषयमा पनि छलफल भएको छ। यता प्रधानमन्त्री देउवाले ओली सरकारले गरेका सबै नियुक्ति रद्द गर्ने गरी तयारी गरेका छन्। यस विषयमा पनि प्रचण्डसँग कुराकानी भएको स्रोतले बताएको छ।