राजनीति

गुरु पूर्णिमाको अवसरमा प्रधानमन्त्री देउवाको शुभकामना


काठमाडौँ – आज गुरु पूर्णिमा सम्पूर्ण गुरुहरूप्रति सम्मान प्रकट गरिँदै छ । अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमाका दिन गुरुहरुको सम्मानमा विभिन्न कार्यक्रम गरिन्छ ।


गुरु पूर्णिमा कै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ । कोरोना कहरका कारण यस वर्ष भने औपचारिक कार्यक्रम प्रभाववित भएको छ । गुरु पूर्णिमाको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताउनुभएको छ ।

ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे पनि कम हुने उहाँले बताउनुभएको छ । हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गर्नुभएको छ ।