राजनीति

सरकार सञ्चालन कार्यदलको बैठक बालुवाटारमा जारी


काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि भन्दै सुझाव दिन गठन गरिएको कार्यदलको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको छ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् । कार्यदलको यो दोस्रो बैठक हो।