राजनीति

प्रधानमन्त्री देउवालाई सुवास नेम्वाङको कटाक्षसहित बधाई, कहाँबाट पाउनुभयो जनादेश ? (भिडियोसहित)


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको बताउनुभएको छ । प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा प्रधानमन्त्रीलाई दलका नेताको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेम्वाङले फैसलाले धेरै कुरालाई भत्काउँदै प्रधानमन्त्री पदलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो ।

यस्तै उपनेता नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न पनि आग्रह गर्नुभयो । नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्नँ भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको पनि बताउनुभयो । संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको नागरिकको जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ छ ।